जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा

काठमाडौं, बैशाख १४ ।  सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो

त्यस्तै  सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुने गरी बिहान ९ः ३० देखि साँझ ५ः ३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

देशमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राख्दै सरकारले यो निणर्य लिएको हो । पछिल्लो समय इन्धनको भाउ आकासिँदै जाँदा सरकारले खर्च कम गर्ने रणनीति लिएको हो ।

आइतवार र शनिबार दुई दिन बिदा दिँदा इन्धन खर्चबाट हुने अर्बौ घाटा कम हुने तर्क सरकारको छ । यसअघि नै नेपाल आयल निगमले सरकारसँग शनिबार र आइतवार दुई दिन सरकारी विवाद दिने प्रस्ताव अघि सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्