स्थानीय निर्वाचनः आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन

काठमाडौं, बैशाख १४ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुको मनोनयनपत्र र उजुरीमाथि आज बुधबार र भोलि बिहीबार जाँचबुझ गरी निर्णय गर्ने भएको छ ।

आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । मंगलबार बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्