स्थानीय निर्वाचन मनोनयन अपेडट: उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो
काठमाडौं, बैशाख १३ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ ।
प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी मंगलबार सवा ३ बजेसम्म १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२ जनाको उम्मेदवारी परेको छ ।
यस्तै वडाध्यक्षमा ३४ हजार ३५७ जनाको उम्मेदवारी पर्दा बाँकी पदमा महिला सदस्य, दलित सदस्य र खुला सदस्यको उम्मेदवारी परेको छ ।
आयोगले उम्मेदवारको संख्या अझै बढ्ने र विवरण संकलनको कार्य जारी रहेको जनाएको छ । आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।
निर्वाचनबाट देशभर ७ पदमा कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्