नेप्से परिसूचक ३४ अङ्कले घट्यो, दुई अर्बको कारोबार

काठमाडौँ, बैशाख १२ । साताको दोस्रो दिन सोमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अङ्कले घटेर परिसूचक २३ सय ८६ अङ्क बन्द भएको छ ।

साताको पहिलो दिन आइतबार एकैदिन ९६ अङ्कले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अङ्कको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अङ्कले घटेको छ ।

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अङ्क पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब चार करोड २२ लाख हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांश सेक्टरका सेयरधनीले गुमाएका छन्।

नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । सेयर बजारमा लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्स सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अङ्क बढीको गिरावट ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्