स्थानीय निर्वाचन: कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, बैशाख ११ । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ ।

‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।   पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको तयारी समिति बनाएको थियो।

कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। उसले घोषणा पत्रमा आफूले गर्न नसक्ने काम पनि उल्लेख गर्ने भएको छ।

घोषणापत्रमा साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड दिइने भनिएको छ । यस्तै, बजारीकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख छ ।

घोषणापत्र मार्फत् साना किसानलाई दुई प्रतिशतमा तथा मझौला र ठुला किसानलाइ चार प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था उपलब्ध गराउने भनेको छ । दुई वा दुईभन्दा बढी स्थानीय तहहरुले आपसी साझेदारीमा कृषि बजारको स्थापना गर्ने कांग्रेसको योजना छ ।

६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

नसर्ने रोगहरूको बढ्दो चापलाई न्यून गर्न ४० वर्ष माथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, श्वासप्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिब लगायतका नियमित चेकजाँच वर्षमा एक पटक निःशुल्क गर्ने व्यवस्था गर्ने भनिएको छ ।

तीन वर्षभित्र सबै विद्यालयमा ’विद्यालय नर्स’ कार्यक्रम व्यवस्थित गर्ने, सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटेरी प्याड वितरणको व्यवस्था गर्ने कांग्रेसको योजना छ ।

घोषणा पत्रमा समेट्ने विषयवस्तु कांग्रेसले विज्ञहरुसँग सुझाव लिएको थियो।

 

 

पूर्णपाठ पढ्नोस्-

प्रतिक्रिया दिनुहोस्