मेलम्चीको पानी काठमाडौंमा वितरण ! अब घरघरमा पानी
काठमाडौं, वैशाख ११ । बहुप्रतीक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको छ ।
केही वर्षअघि देखि वितरण गरिएको मेलम्चीको पानी केही महिनापछि बाढीको कारणले मुहान पुरिएको थियो ।
मुहान सफा गरेपछि मेलम्चीको पानी यहाँ पुनः वितरण गरिएको हो ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले वि।सं २०५६ सालमा देख्नुभएको सपना विभिन्न आरोहअवरोह पार गर्दै काठमाडौंका घरघरमा पानी आइपुगेको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वानेश्वरस्थित पानी वितरण केन्द्रबाट सो क्षेत्रमा विहानदेखि पानी वितरण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्