नेकपा एसले टुङ्गो लगायो आफ्नो भागको महानगर र उपमहानगरका उम्मेदवार (सूची)
काठमाडौं, बैशाख १० । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुङ्गो लगाएको हो ।
यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको लगाइएको समाजवादीका एक नेताले जानकारी दिए । पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निणर्य भएको ती नेताले जानकारी दिएका छन् ।
पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भए पनि अन्तिममा आचार्यलाई पोखराको मेयरमा पार्टीले सिफारिस गरेको हो । यस्तै काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निणर्य भएको ती नेताले बताए ।
श्रेष्ठलाई उम्मेदवार बनाएको सार्वजनिक गरेमा विवाद हुने भएकाले नाम भने गोप्य राखिएको स्रोतले जनाएको छ । आइतबार श्रेष्ठले काठमाडौं उपमेयरमा उम्मेदवारी दिने स्रोतको दाबी छ । यस्तै हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निणर्य भएको छ ।
बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निणर्य गरेको पनि ती नेताले बताए। अरु नगरपालिका र गाउँपालिकामा प्रदेश र जिल्ला कमिटीले निणर्य गरेर सत्ता गठबन्धनबीच तालमेलको टुंगो लगाइने छ ।















प्रतिक्रिया दिनुहोस्