नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजीत ऐरिको अर्धसतक, ऐरी बने नायक
काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा नेपालले पपुवा न्युगिनीलाई सान्दार ६ विकेटले पराजीत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई ११५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो उक्त लक्ष्य नेपालले २३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको छ । नेपालको खेलाडीको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी राम्रोसंग टिक्न सकेनन् र कुनैपनि व्याट्सम्यानले १९ वल भन्दा धेरै जोड्न सकेनन् । नेपालको तर्फवाट सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिएका थिए भने सोमपाल कामि र करण केसीले पनि १–१ विकेट लिए । त्यस्तै नेपालको ब्याटिङ् तर्फ सुरुमा खराव प्रदर्शन गरेता पनि पछि समेटियो नेपालको तर्फवाट दिपेन्द्र सिह ऐरिको अर्धसतक भएको छ । तर खेलको सुरुवातमा उपकप्तान ज्ञानेन्द्र मल्ल १ रनमै, त्यस्तै अनिल कुमार साह ९ रनमा र कप्तान पारस खड्का पनि १८ वलमा २० रन जोडेर आउट भएका थिए त्यस्तै आरिफ सेखले ४२ वलमा २६ रन दिएर आउट भए यो जित संगै नेपालले एक दिवसिय मान्यताको लागि नजिक पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्