प्रचण्डको दावी- ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारण नेकपा विभाजन भयो
काठमाडौं, बैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपा विभाजन भएको दावी गरेका छन् ।
नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।आज उनले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका व्यक्तिमा गैरमाक्र्सवादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बनेको उल्लेख गरे ।
एकता सही थियो भन्दै उनले एकाध नेतृत्वमा देखापरेको वैचारिक, सांस्कृतिक विचलन र व्यक्तिवादी बिसर्जनवादी चिन्तनले विफल भएको बताएका छन् । यसैगरी उनले सबै माओवादी क्रान्तिकारी एकता प्रक्रियामा लागिसकेको दावी पनि गरे ।
साथै माओवादी एक भएमा यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रतिक्रियावादी र प्रतिगमनकारीलाई परास्त गर्न सकिने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्