गौचनको हत्याप्रति यातायात व्यवसायी महासंघको घोर भत्सर्ना

काठमाडौ । नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोर भत्सर्ना सहित दुःख व्यक्त गरेको छ ।
महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै निमार्ण व्यवसायीहरुको छात संगठन नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचन निर्दोष रहेको जनाउदै हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गरेको छ ।
महासंघका अध्यक्ष डोलनाथ खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गौचनमाथिको आक्रमण सिंगो निजी व्यवसायी माथिको आक्रमण हो ।” महासंघले दिनदहाडै राजधानी जस्तो सम्वेदनशिल स्थानमा महासंघको अध्यक्षको हत्या हुनु शान्ति सुुरक्षाको चुनौती भएको जनाएको छ । जघन्य घटना हुन नदिन र आफ्नो पेशा एवं व्यवसायी निर्वाद रुपमा गर्न दिन शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन सरकारसंग माग गरेको छ ।


महासंघले विज्ञप्ति मार्फत गौचनको दिवंगत आत्माको चीरशान्तिको कामना सहित भावपूर्ण समवेदना प्रकट गरेको छ ।
नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमवार दिउँसोे वानेश्वर शान्तिनगरमा अज्ञात समुहले गोली हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्