हेम बहादुर मल्ल सम्मान्न , २०७६ सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने

काठमाडौं, बैशाख ८ । हेम बहादुर मल्ल सम्मान्न ,२०७६ कुशल प्रशाशक सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ ।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रदान गर्दै आएको उक्त पुरस्कार उपाध्यायलाई प्रदान गरिने घोषणा गरेको हो ।
आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको पत्रकार सम्मलेन मार्फत जानकारी दिइयो ।

उपाध्यायले राज्यको उच्च ओहदामा रहि सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको , नेतृत्व क्षमता प्रर्दशन गर्नु भएको , सार्वजनिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निमार्ण गरेको जस्ता उल्लेखीनीय योगदान पुगाएकाले कदर स्वरुप उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको पत्रकार सम्मलेन मार्फत जानकारी दिएको छ । साथै उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भइ भ्रष्ट्रचार नियन्त्रणमा पनि महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

उक्त पुरस्कार यहि बैशाख ११ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट विषेश समारोहबीच राष्ट्रपति कार्यालयमा उक्त सम्मान प्रदान गरिनेछ । सोहि दिन बानेश्वरमा रहेको होटेल एभरेष्टमा आयोजना हुने कार्यक्रममा सम्मानित हुन लागेका उपाध्यायले आफ्नो मन्तब्य पनि ब्यक्त गर्ने भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद रु. दुई लाख रुपैयाँ रहेको छ ।

साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ । स्व. मल्लले साल्ट टे«डिङ्ग कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरी कर्पाेरेसनमा विशेष योगदान पु¥याएका थिए । उहाँ कुशल प्रशासकका साथै सामाजिक व्यक्तित्व समेत थिए ।

यस अघि उक्त पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन, कुलमान घिसिङ , डा. सन्दुक रुइत, गौरीशंकर दास, दामोदर गौतम, केदारभक्त माथेमा, भोजराज पोखरेल, दमननाथ ढुंगानालगायत १६ जना सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्