कर्णालीमा यस वर्ष थप सात दिन सार्वजनिक बिदा

काठमाडौं, बैशाख ८ । कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेश भर लागू हुने गरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नौ जिल्लामा मात्रै लागू हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्