काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौं , बैशाख ८ । सत्तारूढ दल नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम वागमती प्रदेश समितिमा सिफारिस गरेको हो ।

नगर समितिले प्रदेश कमिटीलाई सिफारिस गरेको नामावलीअनुसार १ नम्बरमा नीलकाजी शाक्यको नाम छ । यस्तै २ नम्बरमा प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको छ ।

यस्तै उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर काँग्रेसको भागमा परेको छ ।

अब काँग्रेसले ५ जनामध्येबाट टुंगो लगाउने नाम मै गठबन्धनबाट मेयरको साझा उम्मेदवार हुनेछन् । काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादीले पाउने गठबन्धनमा सहमति भएको छ ।

हेर्नुहोस् महानगर समितिको सिफारिस पत्र

प्रतिक्रिया दिनुहोस्