अर्थमन्त्रीको राजीनाबारे १३ गतेपछि टुंगो मात्रै लाग्छ : प्रचण्ड
काठमाडौं, बैशाख ८ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु पर्ने आवाज यति बेला उठीरहेको छ ।उनले देशको अर्थतन्त्रलाई संकटमा पारेको भन्दै उनको राजीनमा माग गरएको हो ।
यता सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्रै अर्थमन्त्री शर्माले राजीनामा दिने-नदिने कुराको निर्णय हुने बताएका छन्।
धनगढी विमानस्थलमा बिहीबार प्रत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।साथै अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र गठबन्धन सरकारबीच सुरुदेखि नै समस्या देखिएको पनि बताएका छन्।
सरकारले गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकबाट गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। तर सर्वोच्च अदालतले मंगलबार अल्पकालीन आदेश दिँदै निलम्बित गभर्नर अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो खोलिदिएको छ।
अल्पकालीन आदेशसँगै सर्वोच अदालतले गर्भनर अधिकारी र सरकार दुवै पक्षलाई १३ गते छलफलका लागि बोलाएको छ।
यता प्रचण्डले आगामी वैशाख ३० गते नै स्थानीय निर्वाचन हुने बताएका छन्। कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाइरहेका छन् । यो भनिरहदा प्रचण्डले भने यस्तो
बताएका हुन् ।
धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्नुपर्ने बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्