चीनबाट रेल सपनामा होइन विपनामै आउँछ : राजदूत होउ

काठमाडौं, बैशाख ८ ।  नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीन सीमापार रेल सेवा सपना नभएर यथार्थ भएको बताएकी छिन् । अहिले सम्भाव्यताको अध्ययन रहेको सीमापार रेल वैज्ञानिक रुपमा सम्भव हुनुपर्ने उनले बताएकी छन् ।

योजनाहरु सहज रुपमा गए ५-६ वर्षमा सीमापार रेल सञ्चालन हुने बताएकी छिन् । अहिले सीमापार रेलको विषय वैज्ञानिक सम्भाव्यताकै चरणमा रहेको बताइन् । राजदूत होउले रेल जस्तो ठूलो लगानी विषयमा गर्दा नीतिगत स्थायित्व आवश्यक पर्ने बताएकी छन् ।

‘रेल लिंकको विषयमा वैज्ञानिक सम्भाव्यता अध्ययन हुनुपर्छ । म कूटनीतिज्ञ हुँ । त्यस विषयको विज्ञ होइन । सम्भाव्यता अध्ययन विज्ञहरुले गरिरहेका छन्,’ होउले भनिन्, ‘सबै विषय सहज रुपमा गए अध्ययनको विषयमा ५-६ वर्षमा सम्पन्न हुनेछ ।’

कुनै दिन एक अर्कासँग सीमापार रेल हुने बताउँदै उनले यसका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताइन् । यो ठूलो लगानीको विषय भएको पनि उनको भनाइ थियो । उनले हिमाली क्षेत्रको वातावरणको विषयमा पनि प्रमुख चासो रहेको बताइन् । ‘यो विश्वकै सबैभन्दा कमजोर वातावरण भएको ठाउँ हो,’ उनले भनिन्, ‘वैज्ञानिक रुपमा सम्भावना अध्ययन हुनुपर्छ । रेल सपना होइन यथार्थमा आउँछ । ’

यान्छीले चीनले नेपालविरुद्ध नाकाबन्दी गरेको भन्ने आरोप निराधार रहेको बताएकी छन् । राजदूत यान्छीले कोरोना महामारीबीच पनि नेपाल-चीनबीच व्यापार बढेको बताइन् । ‘हाम्रा दुई देशबीच यहीबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ। जुन विगत वर्षभन्दा ६३ प्रतिशत बढी हुन आउँछ । त्यसैले कथित सफ्ट ब्लकेड भनिने गरेको विषय निराधार हो’, उनले भनिन् ।

उनले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिइन् । तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्