स्थानीय चुनाव : गठबन्धनमा टुंगियो महानगर र उपमहानगरको भागबण्डा (सहमति पत्रसहित)
काठमाडौं, बैशाख ७ । सत्ता गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबण्डामा सहमति जुटेको छ।
योसँगै सत्तारुढ पाँचदलीय गठबन्धनले आशन्न स्थानीय निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको हो ।
आज दिउँसोदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले भागबण्डा टुंगो लगाएको हो।
सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मयेर, वीरगन्ज, भरतपुर र पोखरा महानगरको उपमेयर पाउने छ।
यस्तै धरान, इटहरी, कलैया, बुटवल, ललसिपुर, नेपालगन्ज र धनगढी उपमहानगरको मेयर, जितपुर सिमरा, घोराही, जनकपुर र हेटौंडाको उपमेयर कांग्रेसको भागमा परेको छ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरको मेयर, ललितपुर महानगरको उपमेयर पाएको छ। यस्तै उपमहानगरपालिकामा जितपुर सिमरा र घोराही माओवादीको भागमा परेको छ। धरान र धनगढी उपमहानगरको उपमेयर माओवादीको भागमा परेको छ।
नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मयेर दिन सहमति भएको छ। काठमाडौंको उपमेयर पनि एसले पाउने भएको छ। हेटौंडा उपमहानगरको मयेर, इटहरी, बुटवल र तुलसिपुरको उपमेयर समाजवादीको भागमा परेको छ।
जसपाले वीरगन्ज महानरपालिकाको मयेर, विराटनगरको उपमेयर पाउने सहमति भएको छ। यस्तै जनकपुर उपमहानगरको मेयर, कलैया र नेपालगन्जको उपमेयर पनि जसपाको भागमा परेको छ।
गठबन्धनले सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ।
यस्तो छ सहमति:

















प्रतिक्रिया दिनुहोस्