टस जितेर नेपालले पुपुवा न्युगिनीलाई दियो ब्याटिङ्गको निम्तो

काठमाडौं । नेपालले पुपुवा न्यु गिनीसँगको खेलमा टस जितेर बलिङ रोजेको छ । दिवसीय मान्यता प्राप्त गर्न जित्नै पर्ने खेलमा नेपाली टोलीले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने छन् । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका छन् । अब नेपाल, पपुवा न्यु गिनी र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्ने छ । नेदरल्यान्डले यस अघि नै एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ ।

आज नेपाल र नेदरल्यान्डले आ–आफ्नो खेल जिते नेपालको एक दिवसीय मान्यता सुनिश्चित हुने छ । त्यस्तै आज नेपालले खेल हारेमा सो मान्यता पाउने मौका नेपालले गुमाउने छ । अर्को तर्फ, नेपालले आज खेल जिते र हङकङले नेदरल्यान्ड्सलाई पराजित गरे सातौं स्थानको प्ले–अफका लागि नेपालले फेरि हङकङलाई हराउनै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्