काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु, आमा र मामा घाइते

काठमाडौं, बैशाख ७ । काभ्रेमा चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

महाभारत गाउँपालिका-७ स्थित केराबारीमा मंगलबार साँझ चट्याङ लाग्दा स्थानीय डिलबहादुर मोक्तानकी छोरी १६ वर्षीया कान्छीमाया मोक्तानको मृत्यु भएको हो ।

चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवानले जानकारी दिए ।

हावाहुरीसहित पानी परिरहेका बेला चट्याङ लाग्दा उनको मृत्यु भएको हो । चट्याङ लागेर मृतक किशोरीकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । चट्याङ लागेर उनीहरुको एउटा भैंसी समेत मरेको छ । चट्याङका कारण घरभित्र ठूलो खाडल समेत बनेको छ । चट्याङले घरमा समेत ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्