नेकपा (एकीकृत समाजवादी)को चुनावी घोषणा पत्र सार्वजनिक
काठमाडौं, बैशाख ६ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय घोषणापत्र सार्वजनिक गरेको छ ।
राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो ।
हरेक स्थानीय तहमा छुट्टाछुट्टै घोषणापत्र सम्बन्धित कमिटीले ल्याउने नेकपा एसले जनाएको छ । आज सार्वजनिक भएको घोषणापत्र भने केन्द्रबाट जारी भएको राष्ट्रिय घोषणापत्रका रुपमा लिन आग्रह गरिएको छ ।
‘घोषणापत्रबारे केन्द्रीयस्तरमा मुल नीति के हो भन्नेबारे हामीले घोषणापत्र तयार गरेका छौं’, प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उद्घोषकले भने । घोषणापत्र पार्टीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ । एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको जनाइएको छ ।
घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा। विजय पौडेलले जानकारी दिए ।
त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्