ललितपुर र उदयपुरमा दुई किशोरी बलात्कृत

काठमाडौं , बैशाख ६ । ललितपुर र उदयपुरमा दुई जना बलात्कृत भएका छन् । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ ।

सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ ।

ती किशोरीलाई सन्तोषले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्