लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक !
काठमाडौं, बैशाख ६ । लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।
महतोले आफ्नो फेसबुक ह्याक गरेर दुरुपयोग गरिएको आफ्नो पोष्टमा उल्लेख गरेका छन् ।महतोको फेसबुकमा आफुले लोसपा छोडेको उल्लेख थियो ।
उनले भनेका छन्- ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु ।’















प्रतिक्रिया दिनुहोस्