निर्वाचन तोकिएकै मितिमा हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौं , बैशाख ६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ ।
सो क्रममा मंगलबार आयोगले पत्रकार सम्मेलन गरी पत्रकारहरुसँग अन्तरक्रिया पनि गरेको छ ।
सो सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुने बताएका छन् ।
पछिल्लो समय राजनीतिक दलहरुले निर्वाचन सर्नसक्ने आशंका व्यक्त गरिरहेका बेला प्रमुख आयुक्त थपलियाले सो कुरा स्पष्ट पारेका हुन् ।
पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै थपलियाले भने, ‘निर्वाचन हुदैन कि भनेर आदरणीय व्यक्तिहरुलाई कद नघटाउन अनुरोध छ ।’
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । ययसका लागि अहिले दलहरु भागबण्डा तथा अन्य कार्यमा व्यस्त छन् ।















प्रतिक्रिया दिनुहोस्