षडयन्त्र हुँदैछ, गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा
काठमाडौं, बैशाख ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने देउवाको भनाइ रहेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धनका पाँच दलबीच सिट बाँडफाँटका विषयमा अझै कुरा मिल्न सकेको छैन।
यता बिहान साढे ११ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक साढे २ घण्टा पर धकेलिएको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरणले मंगलबार बिहान दिएको जानकारीअनुसार गठबन्धनका शीर्ष नेतासहित स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक अब दिउँसो २ बजे बस्ने भएको हो।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा बस्नेछ। सोमबारको बैठकले महानगरका विषयमा मोटामोटी खाका बनाए पनि उपमहानगरबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक पुनः आज बस्न लागेको हो।















प्रतिक्रिया दिनुहोस्