गठबन्धनका शिर्ष नेताहरुबिच बसेको बैठक निष्कर्ष बिहीन

काठमाडौं, ५ बैशाख। सत्ता गठबन्धनका शिर्ष नेताहरुबिच बसेको बैठक निष्कर्ष बिहीन भएको छ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन भएको हो।

बैठक आजै फेरि बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएता पनि सहमती भएको थिएन । आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो । पार्टीको शिर्ष नेताहरु आ आफ्नो दावी नछाडेकाले आजको बैठक निष्कर्षहिन बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्