कोरोनाबिरुद्धको खोप अभियान सफल भएको सरकारी दाबी

काठमाडौं , बैशाख ४ । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।

२०७८ चैत मसान्तसम्म १८ वर्ष माथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

उहाँले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान सुरू गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरू गरिएको र सरकारले लगभग लक्ष्य पूरा गरेको बताए ।

सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको स्पष्ट पार्नुभयो । त्यस्तै, ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए । उनले आगामी दिनमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएकालाई पनि दायरामा ल्याई अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको बताए ।

सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोप जतनका साथ प्रभावकारी ढंगले पूर्ण सदुपयोग गर्दै आएको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्