देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना: १० जनाको मृत्यु
काठमाडौं, बैशाख ४ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
धनुषा, प्युठान, बर्दिया, बाँके, सर्लाही, सुर्खेत, बझाङ, सिरहा र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका १४ बाबा पेट्रोलपम्प नजिक सडकमा बाग्मती प्रदेश ३ ००१ ख १४०६ नम्बरको ट्रकको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी धनुषाको मिथिला नगरपालिका ८ जमुनिवास चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय दिल बहादुर आलेको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
उता प्युठानको प्युठान नगरपालिका १० हाडिगैरा भन्ने स्थानमा रा १ त ३६०३ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल रियलटप बेकरीमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक दाङ राप्ती गाउँपालिका ७ सिसहनिया बस्ने ४५ वर्षीय रामदेव चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो।
बर्दियाको बाँसगढी नगरपालिका ८ पीसीओ चोकस्थित सडकमा से ७ प ५६९० नम्बरको मोटरसाइकल र भे ६ प ५०२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा भे ६ प ५०२२ नम्बरको मोटरसाइकलका चालक बर्दिया ठाकुरबाबा
नगरपालिका १ भुरीगाउँ बस्ने ५० वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते भएकी कर्ण बहादुरकी श्रीमती ३५ वर्षीया चन्द्रा थापाको कौसल्या अस्पतालमा उपचार भइरहेको छ। से ७ प ५६९० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका २ सालको बुटास्थित सडकमा भे २ त ९३९ नम्बरको ट्याक्टर र भे ७ प ५४४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका ४ बस्ने ४४ वर्षीय रेशम डाँगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको मलंगवा नगरपालिका १० जिबिस चोकस्थित सडकमा साइकलको ठक्करबाट पैदलयात्री सर्लाही कविलासी नगरपालिका ५ बस्ने ६८ वर्षीय अच्छेलाल राय यादवको शनिबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ओम अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता सुर्खेतको गुर्भाकोट नगरपालिका १३ शेरघारी फर्मस्थित सडकमा भे १ ह ३०४९ नम्बरको अटो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गुर्भाकोट नगरपालिका १४ बस्ने ६० वर्षीय पदम बहादुर रासकोटीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी बझाङको बित्थडचिर गाउँपालिका ४ स्थित सडकमा सुदूर पश्चिम प्रदेश ०१ ००१ च ००९५ नम्बरको बलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार सुर्मा गाउँपालिका १ बस्ने २७ वर्षीय विनोद बोहराको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ७ जनामध्ये ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
उता सिरहाको बरियारपट्टी गाउँपालिका ५ कजरा चोकस्थित सडकमा स १ त ३९४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार धनगढीमाई नगरपालिका ५ जैपुर बस्ने २० वर्षीय शहदेव महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ सरकारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
त्यसैगरी सप्तरीको रुपनी गाउँपालिका ५ मुसहरनिया बसबिटीस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय रविन्द्र यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ७१ वर्षीय भरत यादव र उनकै नाति १६ वर्षीय सुभाष कुमार यादवको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्