गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित, सर्वोच्च जाने तयारीमा अधिकारी

काठमाडौं , बैशाख ४ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित होमीएका छन् ।

अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैंक कर्मचारी संघले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएको छ ।

कर्मचारीहरूले राष्ट्र बैंकको स्वायत्ततामाथि नांगो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् । यता

सरकारले छानबिन समिति बनाएर पदमुक्त गर्ने प्रक्रिया सुरु गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन्। सरकारले प्रक्रिया अगाडि बढाएपछि निलम्बित गभर्नर अधिकारी यसविरुद्धको मुद्दा लिएर सर्वोच्च जान लागेका हुन्। अधिकारीले मुद्दाको तयारीमा रहेको जानकारी दिएका छन् । ।

 

प्रतिक्रिया दिनुहोस्