स्याङजा, वालिङमा जीप दुर्घटना ४ जना अचेत

काठमाडौं, ४ बैशाख। स्याङजा, वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै जीप दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट चारजनालाई अचेत गम्भिर अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा प्रहरीले जनाएको छ । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन ।
यसको लागि थप जानरकारी संकलन गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्