बक्स अफिसमा केजीएफ-२ को आँधी, कस्तो छ दोस्रो दिनको कमाई ?

काठमाडौं, बैशाख ३ ।  यश स्टारर फिल्म केजीएफ-२ ले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिन विश्वभर ३ सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।

फिल्मले दोस्रो दिन विश्वभर १६६ करोड कमाई गरेको छ । फिल्मले पहिलो दिन विहिबार १३४.५ करोड कलेक्सन गरेको थियो ।

फिल्म समीक्षक तरण आदर्शले फिल्मले शुक्रबार हिन्दी भाषामा ४६.७९ करोड कमाई गरेको बताएका छन् । यस अघि पहिलो दिन विहिबार फिल्मले ५३.९५ करोड कमाई गरेको थियो । आदर्शका अनुसार केजीएफ-२ ले अहिलेसम्मका सबै किर्तिमान तोड्नेतर्फ अगाडी बढेको टिप्पणी गरेका छन् ।

अभिनेता यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डनको अभिनय रहेको छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । कन्नडभाषामा बनेको केजीएफ-२ लाई हिन्दीसहित तेलगु, तमिल र मलायलम भाषामा डब गरिएको छ ।

केजीएफ-२ विश्वभर १० हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज भएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको हिन्दी संस्करणले कुल ४४०० स्क्रिन पाएको छ । योसँगै यशको फिल्म दक्षिणमा २६ सय, विदेशमा ११ सय र अन्य भाषाका २९ सय स्क्रिनमा रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्