स्थानीय तहको निर्वाचन: उम्मेदवारबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं , बैशाख ३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ९शनिबार० बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्