अब फोहोर वर्गीकरण गर्नुपर्ने , काठमाडौं महानगरले नगर्नेलाई ५ सय रुपैयाँ जरिवाना तिराउने
काठमाडौं, बैशाख २ । पछिल्लो सयम काठमाडौं उपत्यकामा निकै नै फोहोर देखियो , यहाँका सडकमा ! अहिले यसको व्यवस्थापनको काम चलीरहेको छ ।
यता काठमाडौं महानगरपालिकाले अब भने कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण नगर्नेलाई पाँच सय रुपैयाँ जरिवाना तिराउने भएको छ ।
यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न आग्रह गरेको महानगरले फोहर फोहर बोक्ने गाडीसम्म वर्गीकरण नगरेका फोहोर ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति ५०० रूपैयाँ जरिवाना तिराउने भएको हो ।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन तथा फोहरमैला व्यवस्थापन ऐन अनुसार कसुर मानी सजाय गर्ने उहाँको चेतावनी छ । पछिल्लो समय काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै गएको छ ।
नुवाकोटको सिसडोल भरिनुका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले पछिल्लो पटक अवरोध गर्दा काठमाडौं उपत्यकाको फोहर १२ दिन सडकमै थुप्रिएको थियो ।
प्रतिक्रिया दिनुहोस्