यस्तो छ ३० वर्षीया युवतीको चुनावी घोषणापत्र, काठमाडौंको विकास गर्न ८ खम्बे मोडेल (पूर्णपाठ)
काठमाडौं,बैशाख २ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिन लागेकी पूर्वमिस नेवाः सुनिता डंगोलले आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् ।
उनले आफ्नो घोषणापत्रमामार्फत काठमाडौँको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सारेकी छन् ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको दोस्रो चुनावमा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिन लागेकी उनले काठमाडौँमा शुक्रबार सार्वजनिक गरेको ८ नीतिमा ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौँ महानगर’ भन्ने मूल नारा तय गरेकी छन् ।
८ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौँ लगायतका विषय समेटेकी छन् ।
प्रतिक्रिया दिनुहोस्