स्थानीय निर्वाचनमा राप्रपा एक्लै लड्छ : राप्रपाका अध्यक्ष लिङ्देन

देश यतिबेला चुनावको तयारीमा होमीएको छ । स्थानीय तहको चुनाव नजिकिदै गर्दा यति बेला नेताहरु छलफ तथा भाषण गर्नमा
व्यस्त छन् । उनीहरुले जनताको मन कसरी जिज्ने भन्दै विभिन्न आश्वासन दिइरहेका छन् ।

विभिन्न दलहरुले गठबन्ध गर्दै जाने पनि बताएका छन् भने  कतिययदलहरुबीच सहकार्यका लागि सहमति पनि भइसकेको छ । यसैबीच यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने उनले बताए ।

शिक्षा सहित सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने बताउँदै आसन्न निर्वाचनमा कुनैपनि दलसँग गठन्धन नगर्ने र एक्लै चुनावमा जाने स्पष्ट उनले पारेका छन् ।

अहिले राप्रपा नयाँ दृष्टिकोणबाट अगाडि बढ्न खोजेको र यसले देशमा नयाँ ध्रुवीकरण पैदा गरेको उनको भनाई छ । अरु पार्टीमा भएका राम्रो मान्छे र देशलाई माया गर्नेहरु राप्रपा प्रवेशको लहर चलेको भन्दै राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु मात्रै राप्रपा छाडेको उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले आगामी चुनावमा आफ्नो पार्टीले जितेको सबै स्थानमा निःशुल्क शिक्षाको व्यवस्था गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्