गठबन्धनवालालाई एमालेले पत्तासाफ पार्छ : अध्यक्ष ओली
काठमाडौं,चैत ३० । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा राप्रपालगायतका दलसँग तालमेल हुन सक्ने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ओलीले यस्तो
बताएका हुन् । उनले स्थानीय तहको चुनावमा राप्रपालगायतका केही दल मिल्न सक्ने बताएका हुन् । स्थानीय चुनावमा गठबन्धन एकातिर र एमाले अर्कोतिर हुने पनि उनको भनाइ रहेको थियो ।
साथै ओलीले स्थानीय चुनावमा गठबन्धनवालालाई एमालेले पत्तासाफ पार्ने समेत ठोकुवा गरे ।
यता केही दिनअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्ह लिएर चुनावमा उठ्न सक्ने बताएका थिए ।
त्यस्तै सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हतियार बनाएर स्थानीय तहको चुनाव सार्न खोजेको ओलीले आरोप लगाएका छन् । चन्दले नेतृत्व गरेको नेकपालाई चुनावमा सहभागी हुन आफूले आहृवान गरेको पनि उनले बताए ।
एर्को एक प्रसंमा उनले आफू नेतृत्वको सरकारका कारण अर्थतन्त्र खस्किएको भन्नेमा पनि आपत्ति जनाए । मुलुकको अर्थतन्त्र ठीक पार्न अहिलेको गठबन्धनको भ्रष्ट सरकारलाई डस्टबिनमा फाल्नुको विकल्प नभएको ओलीले बताए ।















प्रतिक्रिया दिनुहोस्