यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा स्वाँर
काठमाडौं, चैत ३० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् ।
महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित गरेको हो । उनी लामो समयदेखि महासंघमा वरिष्ठ उपाध्यक्ष रहेका थिए। तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाइएको महासंघले जनाएको छ।
स्वाँर नेपाली कांग्रेसका नेतासमेत हुन्। कैलाली क्षेत्र नम्बर २ बाट उनी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छन्।
त्यस्तै संघका वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन् भने
महासचिवमा डेकनाथ गौतम चुनिएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको छ । तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।
प्रतिक्रिया दिनुहोस्