स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं, चैत २९ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन्।

“स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८” को व्यवस्थाअनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मकरूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले चैत्र १७ मा र मन्त्रिपरिषद्ले चेत्र २४ मा सिफारिस गरेको थियो।

स्थानीय तह निर्वाचन आउँदो बैशाख ३० गते हुन गइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्