संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेहरू अहिले पनि सक्रिय : प्रचण्ड

काठमाडौँ , चैत २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ए कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू अहिले पनि रहेको बताएका हुन् ।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेलाई परास्त गरेको उल्लेख उनले गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू कुनै न कुनै रूपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरतहरू भइरहेको उनको भनाइ रहेको छ ।

यस्तो परिस्थितिमा हामीले जनताले अनुभूत गर्नेगरी विकासमा फड्को कसरी मार्ने भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण रहेकोमा प्रचण्डले जोड दिए ।

दाहालले विकास निर्माणका नमुना पनि समावेशी र समानुपातिक तवरले हुनुपर्ने बताए । त्यस्तै विकास निर्माणका विधेयक र ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्