कानूनको किताब बोकेर पैदलै प्रधानमन्त्री निवास पुगे पराजुली

काठमाडौं न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली गत २१ साउन मै पदमुक्त भएको पत्र जारी गर्दै गर्दा शीतलनिवासमा राष्ट्रपतिको शपथग्रहणका लागि तयारी भइरहेको थियो ।

राष्ट्रपतिले गोपाल पराजुलीबाटै शपथ लिने कि नलिने भन्ने छोटो संशय तोड्दै शपथग्रहण कार्यक्रम समाप्त भयो । राष्ट्रपतिलाई शपथ गराएर निवास फर्किएका पराजुली साँझ ७ः२५मा निस्किए र पैदलै प्रधानमन्त्री निवासतर्फ गए ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको पर्खाल जोडिएको छ । हातमा कानूनको किताव बोकेका उनी पल्लोपट्टि गएर करिब आधा घण्टापछि फर्किए ।

प्रतिक्रिया दिनुहोस्