कानुन कार्यान्वयन हुन नसक्नु देशकै समस्या: सभामुख सापकोटा
काठमाडौं , चैत २८ । सभामुख अग्निप्रसाद सापकोटाले बनेका नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नु देशेको समस्या भएको बताएका छन् । बोलेका कुरा कार्यान्वयन भए सबै समस्याको समाधान हुने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कानुन निर्माण मात्रै हैन गुणस्तरीय कानुन निर्माण महत्वपूर्ण भएको उनले बताए । “अझै ठिक ढंगले कार्यान्वयन भएको छ कि छैन त्यो प्रमुख चासो हो,” उनले भने ।
“निजी क्षेत्रले हामीलाई पनि देशको माया छ भनिरहनु भएको छ । त्यो भन्नुपर्ने कुरा हैन । त्यो अवस्था किन अयो ?,” उनको प्रश्न छ, “अहिले संसार नै सच्चा अभिभावकको खोजीमा छ । सारा मानिस व्यापारमा केन्द्रित छन् । तर दर्शन सिद्धान्तमा किन बहस भएको छैन ?”
संकटले अवसर दिने भन्दै यसलाई अवसरमा रुपान्तरण गर्नु पर्नेमा उनको जोड छ ।
प्रतिक्रिया दिनुहोस्