अर्थतन्त्रमा देखिएको समस्यालाई छिट्टै समाधान गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं, चैत २७ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन ।

नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै सापकोटाले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको समस्या तत्काल नै समाधान गर्नु पर्ने औंल्याएका हुन् ।

नीजि क्षेत्र र सरकारले निरन्तर छलफल र सम्बाद गरेर सबै समस्या समाधान गर्नु पर्नेमा उनले जोड दिएका छन् । सरकारका मुख्य सचिवले समस्या समाधान गर्न तयार रहेको बताउनु भएको छ’ सभामुख सापकोटाले भने, ‘अब सरकार र नीजि क्षेत्रले समस्यालाई तत्काल समाधान गर्नु पर्छ ।’

साथै अहिलेको आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनु पर्ने सभामुख सापकोटाको भनाई छ । नेपालमा औधोगिक उत्पादन बढाएर निर्यात बृद्दी र आयात प्रतिस्थापन नै आर्थी समस्या समाधान गर्ने प्रमुख उपाय रहेको उनले बताए ।

यस्तै कार्यक्रममा चेम्बरका अध्यक्षले यतिबेला नेपालको अर्थतन्त्र समस्यामा रहेको बताए । उनले सेयर बजार ओरालो लागिरहेको तथा उद्यम व्यवसायिक क्षेत्रमा समेत कोरोना महामारी र रुस युक्रेन युद्धको प्रभाव परेको उल्लेख गरे ।

त्यस्तै अध्यक्ष मल्लले आर्थीक समस्या तत्काल समाधान गर्न सरकारले अवश्यक कदम चाल्नु पर्ने र त्यसका लागि चेम्बर तयार रहेको समेत बताए । विगत ७० वर्षदेखि चेम्बरले निजी क्षेत्र र सरकारबीच सेतुको भूमिका खेल्दै आएको र आगामी दिनमा पनि यस्तै भूमिकामा रहने उनको भनाई छ ।

अहिलेको आर्थीक समस्या समाधान गर्न नेपालमा विदेशी पर्यटन भित्र्याउन पहल गर्नुपर्ने उल्लेख गर्दै भने, ‘पर्यटक नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हो । यस्तै रेमिट्यान्स समेत औपचारिक माध्यमबाट भित्र्याउन सबैले भूमिका खेल्नुपर्छ ।’

यसैगरी सरकारका मुख्य सचिव शंकरदास बैरागीले घट्दै गएको विदेशी मुद्राको विनिमय जोगाउन रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउनुपर्ने बताए । उनले यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने समेत बताए ।

यसअघि पनि पटकपटक नीजि क्षेत्र र सरकारबीच अहिलेको आर्थिक समस्या समाधान गर्न छलफल भएको र आगामी दिनमा पनि छलफल गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय नेपालको अर्थतन्त्र जोखिममा परेको छ । सरकारले संकटलाई खेलबाडका रूपमा लिएको पनि कतिपाएको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्