एमाले अध्यक्ष ओली आज चार कार्यक्रममा सहभागी हुने, प्रचण्डको दौडधुप चितवनतिर
काठमाडौँ , चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।
बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।
काठमाडौँ उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उनले सम्बोधन गर्नेछन् । यता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चितवन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचन केन्द्रित छ ।
निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो तर उनको यो योजना पुरा हुन नदिन नेपाली कांग्रेस चितवनका नेताहरूको दौडधुप काठमाडौँ केन्द्रीत बनेको छ ।















प्रतिक्रिया दिनुहोस्