हामीले ओखती ल्याएका छौं, राप्रपालाई साथ दिनुस् : राजेन्द्र लिङदेन
काठमाडौं, चैत २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीलाई असफल हुने छुट नभएको बताएका छन् ।
काठमाडौँको खुला मन्चमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश बनाउने ओखती लिएर आएको भन्दै अबको निर्वाचनमा राप्रपालाई साथ दिन अपिल समेत गरेका छन् ।
उनले अन्य दलहरुले पटक पटक मौका पाउदा पनि जनतामा आशा जगाउन नसकेको भन्दै अब फेरी ति दलहरुलाई साथ नदिन आग्रह गरे । काँग्रेस र एमालेहरुलाई कहिलेसम्म भोट दिएर देश भन्छ भन्दै अब पनि उनीहरुलाई भोट दिनु भनेको अपराधमा सामेल भएको लिङदेनले बताएका छन् ।
लिङदेनले अब पनि यस्तै व्यवस्थालाई निरन्तरता दिने हो भने आफुपनि यो देश बिगार्ने अभियानमा सहभगी हुनु भएको बताए । एउटा व्यक्ति र एउटा पार्टीलाई कहिलेसम्म जिताएमा देशको विकास हुन्छ भन्ने उनले प्रश्न गरेका छन् ।
अहिले कांग्रेस-एमालेका नेता कार्यकर्ताहरुले पनि राजा र हिन्दु राष्ट्र चाहिने रहेछ भन्न थालेको बताउदै आफुहरुको अभियान र एजेण्डा ठिक रहेको बताए ।
उनले भने- ‘हामी एउटा इमानको राजनीति स्थापना गर्न चाहन्छौं । म फेरी पनि निवेदन गर्न चाहन्छु । राप्रपामा दुई कार्यकालभन्दा बढी अध्यक्ष म पनि हुदिन ।’
लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् ।
उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् ।
गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए ।
तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए ।















प्रतिक्रिया दिनुहोस्