राप्रपाको काठमाडौंको खुलामञ्‍चमा शक्ति प्रदर्शन

काठमाडौ, चैत २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा काठमाडौंको खुलामञ्चमा राप्रपाले कार्यक्रमको आयोजना गरेको हो ।

आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ। अहिले आमसभा सुरु भइसकेको छ । सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु कार्यक्रमस्थलमा पुगिसकेका छन्।

लिङदेल अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक आससभा गरेको हो। कमल थापा भने राप्रपाबाट अलग्गिएर राप्रपा नेपाल गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्