पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

काठमाडौं, चैत २५ । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ ।

आयोगकाअनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गरिँदैछ । सयका लागि आज आयोगको बैठक बस्ने र थप निर्णय गर्नेछ ।

त्यसपछि आजै ५ बजे आयोगले पत्रकार सम्मेलन गर्ने तयारी गरेको हो । सोही पत्रकार सम्मेलनमा आचारसंहिता लागू भएको घोषणा हुनेछ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।

निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्