संयुक्त विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन ! चुनावी रणनीति बनाउन शीर्ष नेता छलफलमा

काठमाडौं , चैत २५ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ ।

शुक्रबार बालुबाटारमा बसेको गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताहरुको बैठकले संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो । यता आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मध्यरातिदेखि निर्वाचन आचार संहिता लागू हुँदैछ ।

निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ ।

त्यसैगरि  चुनावी रणनीति बनाउन सत्तागठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बैठक जारी छ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललगायतको सहभागिता रहेको छ। बैठकमा गठबन्धनको चुनावी रणनीतिबारे छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्