थप १३ जनामा कोरोना संक्रमण पुष्टि , ५७ जना निको भए

काठमाडौं , चैत २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट यस अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्