आज सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ, चैत २३ । नेपाली बजारमा सुनचाँदीको मुल्य आज घटेको छ ।

आज सुन तोलाको ३ सयले घटेर तोलाको ९८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३३५ मा कारोबार भएको महासंघले जनाएको छ ।

यस अघि मंगलबार चाँदी तोलाको १३४० मा कारोबार भएको थियो । पछिल्लो समय सुनको मुल्य बढ्दै गएकोमा आज भने ओरालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्