थप २४ जनामा कोरोना संक्रमण पुष्टि ,५१ जना संक्रमणमुक्त

काठमाडौं, चैत २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५१ जना संक्रमणमुक्त भएका छन् भने आज कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्