एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली
काठमाडौं , चैत २२ । नेकपा ( एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्न लागेको आरोप लगाएका छन् ।
वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको पनि उनले आरोप लगाए ।
उनले भने ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’
ओलीले अगाडि भने , ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’
यस्तै, अध्यक्ष ओलीले केही स्वार्थी व्यक्तिले आफू मधेशविरोधी रहेको हल्ला चलाएको पनि उनले बताएका छन् ।
‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उनले भने , ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’















प्रतिक्रिया दिनुहोस्