उदयपुरमा विद्यालय हिंडेकी एककिशोरीको बाटैमा हत्या
काठमाडौं, चैत २२ । उदयपुरमा पढ्नका लागि विद्यालय जाँदै गरेकी एक किशोरीको मंगलबार बिहान बाटैमा हत्या भएको छ ।
उदयपुरको बेलका नगरपालिका- ३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको अतिरिक्त कक्षा लिन घरबाट निस्किएपछि हत्या भएको हो ।
उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको शव बुधबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको प्रधानाध्यापक सूर्यनारायण साहले जानकारी दिए ।
‘विद्यालयमा नियमति अध्ययनरत छात्राको बाटैमा भएको यो क्रुर र हिंस्रक घटनाको हामी भर्त्सना गर्दछौँ’, साहले भने, ‘यसले आमनागरिक र विशेष गरी बालबालिहरुको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्धन हुन नसकेको देखिएको छ। यसतर्फ ध्यान दिन सरोकारवालासँग आग्रह गर्दछौँं ।’ कविताको गाउँबाट विद्यालयसम्म पुग्ने बस्ती नभएको आधा घण्टाको बाटोमा हत्या भएको हो । साहले घटनालाई लिएर छानबिन गर्न पनि प्रहरीसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्